डडेल्धुरा-डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध, रडुवामा पहिरो

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ।

गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

सोमबार बिहन करिब ८ः२५ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भई आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालयले डडेल्धुराले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेको छन्। डडेल्धुरामा लगातार भारी वर्षा भइरहेकाले सडक खुलाउन अझै केही समय लाग्ने ट्राफिक प्रहरी दीपक बलायर जानकारी दिए। पहिरो हटाउने प्रयास भइरहेको छ।

यस्तै भीमदत्त राजमार्गका विभिन्न ठाउँमा ढुङ्गा खसिरहेको र पहिरोको उच्च जोखिम रहेको बताइन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.