बैतडीमा बलात्कारको आरोप लागेका चन्द अछामबाट पक्राउ

dream cafe
learnar

अछाम : अछाम प्रहरीले जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द पक्राउ परेका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो।

घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको हो।

उनलाई हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान कार्य थालेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.