डडेल्धुरा : लोकगीत क्षेत्रमा आफ्नो पहिचान बनाइसकेकी कलाकार कृपा पौडेलले नयाँ लोक दोहोरी गीत ‘चिसो बतास कताको माछापुच्छ्रेको’ सार्वजनिक गरेकी छन्।
गीत कृपाका पिता हरि पौडेल र माता सिता पौडेलको निर्माणमा तयार भएको हो।
यस गीतमा प्रसिद्ध गायक वसन्त थापा, शान्ती श्री परियार र हरि खत्रीको स्वर रहेको छ, जसले गीतलाई नयाँ रंग दिएको छ। गीतका शब्द र लय शिव अखेलीले तयार गरेका हुन्। कृपा पौडेल र बद्रीप्रसाद तिवारी मुख्य भूमिकामा देखिएका छन्।
गितको म्युजिक भिडियो कृपा पौडेलकाे आफ्नै युट्युवमा सार्वजनिक गरिएको छ र यो अहिले टिकटकमा पनि भाइरल भइरहेको छ। कृपाको यो दोश्रो गित लोक संगीतप्रेमीहरू माझ लोकप्रियता हासिल गर्दै छ।
गितको रेकर्डिङ कमल थापा र गोविन्द अनेकले गरेका हुन्, मिक्सिङ श्यामस्वत रसाईलीले गरेका छन्।
गितको छायाङ्कन दुर्गा पौडेल र सम्पादन अमृत चापागाईको छ।
यस गीतको म्युजिक भिडियोले लोकगितको क्षेत्रमा एक नयाँ उत्साहको सिर्जना गरेको छ र नेपाली लोकसंगीतप्रेमीहरूका लागि नयाँ अनुभव प्रदान गरेको छ।
हेर्नुस् भिडियो :