शिवमको स्वर र मिस पविको अभिनयमा ‘लौ पैसा नकमाउत, दुनियाँ चिनिन्छ’ रिलिज

dream cafe
learnar

डडेल्धुरा : ‘लौ पैसा नकमाउत, दुनियाँ चिनिन्छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतले समाजमा पैसाको बढ्दो प्रभाव र त्यसले मानिसको पहिचानमा पार्ने असरलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ।

Ird 2

शिवम् भण्डारी र संजीव अधिकारीको स्वरमा सजिएको यस गीतमा संगीत शिवम् भण्डारीकै रहेको छ भने शब्द रचना संजीव अधिकारी र शिवम् भण्डारीले संयुक्त रूपमा गरेका छन्।

गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ शम्भु राज टण्डुकारले गरेका छन्।

कोरसमा निशाल अधिकारी, सुरज बैजु र सरोज मगरको साथ रहेको छ। गीत प्रज्ञा साउन्ड स्टुडियोमा तयार गरिएको हो।

Gbl Hard

भिजुअल पक्ष पनि उत्तिकै सशक्त देखिन्छ। दिवस नाथ र प्रबित्रा शांकी उर्फ मिस पबिको अभिनय रहेको भिडियोमा कथा र निर्देशन पनि दिवस नाथले नै सम्हालेका छन्। भिडियोले पैसाको अभाव र त्यसले सिर्जना गर्ने सामाजिक व्यवहारलाई भावनात्मक रूपमा चित्रण गरेको छ।

मेकअपतर्फ प्रतीक्षा खात्री, उर्बी फुलारा र एकता भण्डारीको काम देख्न सकिन्छ।

छायांकन तथा VFX कबिर ओडले गरेका छन् भने सम्पादन तथा कलर कमल सुनारले गरेका हुन्।

उत्पादन व्यवस्थापन पनि कमल सुनारकै रहेको छ। आर्टतर्फ फ्लावरमाण्डु इभेन्ट एन्ड डेकोरेसनको योगदान रहेको छ भने पोस्ट–प्रोडक्सन वन टेक प्रोडक्सन हाउसले गरेको हो।

समग्रमा, ‘लौ पैसा नकमाउत, दुनियाँ चिनिन्छ’ ले वर्तमान समाजमा पैसाले निर्धारण गर्ने सम्बन्ध, प्रतिष्ठा र पहिचानको कथा प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। दर्शकले गीतमार्फत सामाजिक यथार्थलाई नजिकबाट महसुस गर्ने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुस् :

Ddl dental
Leave A Reply

Your email address will not be published.