बोहरा मेडिको सेन्टर

पथिक…

dream cafe
learnar
  • उमेशप्रसाद भट्ट ‘विकास’
GBL NEW

शिशिरको तुषारोमा टेकेर
प्रकृतीले कठोर भैदिदा
सर्वाङ्ग नाङ्गो भएका हिमशृङ्खला हेदै
पथिक गमिरहेको छ
खंडहर बनेको मुलुकको
भविस्य नियालिरहेको छ
नवउदारवाद र पुजीवादको रटानमा
समाजवादको खोल ओडेर
अर्थतन्त्र ध्वस्त पार्दै
निहत्था जनतालाई बिद्रोह गर्न बाध्य पार्दै
आफ्नो लुटको सम्राज्य जोगाउन
रगतको होलि खेल्नेहरु
छेपारो झै रंग फेर्नेहरु
कहिले दिल्ली कहिले पश्चिमाको गोटी बन्दै
अर्कालाई छिन्नभिन्न पार्न
शकुनि चाल चल्नेहरु
आज आफै महाशकुनिको जालमा
फसेको देख्दा
पथिक विस्मयादि बोधक भएको छ
अन्तकालसम्म दिग्विजयी सम्झिनेहरु
अर्काको घरलाई खरानी पार्न सौदावाजी गर्नेहरू
अभुतपुर्व रहर बोकेर
आफ्नो घरमा आगो लगाउन उद्वत छन
सायद केही दिनमा
खरानिको व्यापारको सपना बाडनेछन
ट्रोर्जन हर्ष बनेकाहरुको चुरिफुरी देख्दा
पथिक घोषणा गर्दछ इतिहास साक्षि छ
आत्मा छोडेर शरीर सजाउनेहरु
कहिल्यै जिवित हुदैनन
तिनका अक्षोहणी सेनाहरु निस्तेज हुन्छन्
तिनको भविस्य प्रकृतिको प्रहारले
कुरुप बनेका हिमशृङ्खला जस्तै हुन्छ
त्यसैले पथिक आव्हान गर्दछ
दिशाविहिन जहाजको गन्तव्य
अँध्यारो सुरुङ्ग मात्रै हो
मदारीको बादरको नृत्यमा नभुल
गणतन्त्रको जहाजमा उडने भए
हाम्रो पथमा हिड
आफ्नो लक्ष्यमा हिडेको पथिकले
गन्तव्यमा पुर्‍याउन सक्छ
आफ्नो मलामी आफै बन्ने
अँध्यारो सुरुङको यात्रामा हिडनु भन्दा
अभाव आक्रमण झेल्दै
अविचलित गन्तव्यमा हिडने नायकको
नेतृत्वमा हिडन अपिल गर्दै
पथिक गन्तव्य पथमा लम्किरहन्छ लम्किरहन्छ।

CNA

भट्ट अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.