बोहरा मेडिको सेन्टर

डडेल्धुराकी युवा कवयित्री समीक्षा बोहराको ‘मनका आँखा’ लोकार्पण हुँदै

dream cafe
learnar

धनगढी : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा डडेल्धुराकी नवोदित कवयित्री समीक्षा बोहराको पहिलो कविता सङ्ग्रह ‘मनका आँखा’ लोकार्पण गरिने भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको तीनदिने भानुजयन्ती विशेष साहित्यिक कार्यक्रमअन्तर्गत असार २७ गते दिउँसो १ बजे समाजको सभाकक्ष, धनगढीमा कविता सङ्ग्रह सार्वजनिक गरिने कार्यक्रम तय गरिएको हो।

CNA
Bohora ma 1

डडेल्धुराको अमरगढी नगरपालिका–३, चम्सालकी समीक्षा हाल धनगढीमा कक्षा १२ मा अध्ययनरत छिन्।

विद्यार्थी जीवनमै साहित्य सिर्जनामा सक्रिय रहेकी उनले आफ्ना अनुभूति, संवेदना, सपना र जीवनका विविध आयामलाई समेटेर तयार पारेको पहिलो कृति ‘मनका आँखा’ पाठकमाझ ल्याउन लागेकी हुन्।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अनुसार भानुजयन्तीका अवसरमा आयोजना गरिने विविध साहित्यिक कार्यक्रममध्ये समीक्षा बोहराको कविता सङ्ग्रह लोकार्पण विशेष आकर्षणका रूपमा रहनेछ।

समाजले साहित्यकार, स्रष्टा, साहित्यप्रेमी, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित भई नवोदित स्रष्टालाई उत्साह प्रदान गर्न र समारोहको गरिमा बढाइदिन सादर निमन्त्रणा गरेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.