सूर्ती, चुराेट र रक्सीबाहेकका उद्याेग खाेल्ने शुल्कमा कर्णाली सरकारले विशेष छुट दिने

dream cafe
learnar

काठमाडौं: कर्णाली प्रदेश सरकारले सूर्ती तथा मदिराजन्य बाहेकका उद्योग खाेल्न र चलाउन छुट तथा सहुलियत दिने भएकाे छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट दिनेगरी आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताए ।

कर्णाली प्रदेशमा उद्योग व्यवसायीको आकर्षण र सहजताका लागि सरकारले रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट गरेको उनले जानकारी दिए । ‘हामीले दुई वा दुईभन्दा बढी पक्षले आपसी सहमतिमा कृषि प्रयोजनका लागि जग्गाको चक्लाबन्दी गर्न हक हस्तान्तरण गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिदैछौँ’, मुख्यमन्त्री शाहीले भने, ‘प्रदेशभित्र स्थायी ठेगाना भएका नागरिकको स्वामित्वमा रहेको अन्य प्रदेशमा दर्ता भएका सवारीसाधन प्रदेशभित्र सरुवा दर्ता गर्दा त्यस्तो सरुवा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।’

GBL NEW

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विन्दमान विष्टले लगानीमैत्री वातावरण सिर्जना गरी कर्णाली प्रदेशलाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए ।

Ddl dental
Leave A Reply

Your email address will not be published.