बोहरा मेडिको सेन्टर

अजयमेरुका भूमिहीनले पाए लालपुर्जा

dream cafe
learnar

डडेल्धुरा : भूमि समस्या समाधान समिति डडेल्धुराले अजयमेरु गाउँपालिकाका भूमिहीनले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्रदान गरेको छ।

अजयमेरु गाउँपालिका- २ का सात भूमिहीन सिमान्तकृत परिवारलाई लालपुर्जा वितरण गरेपछि भूमिहीन भएकाहरु खुसी भएका छन्।

CNA

अजयमेरु गाउँपालिका- २ स्थित ऐलानी जग्गामा बसिरहेका परिवारलाई शनिवार लालपुर्जा वितरण गरेको हो।

लापपुर्जा हातपरेपछि जग्गाधनीहरु खुसी भएका छन्। लालपुर्जा पाएपछि स्थानीय पदमसिंह ऐरले भने ‘सरकारले जग्गा उपलब्ध गराइदिएको छ, अब त्यसमा हामीले आफ्नो जीवन सहज ठानेकाछौ।’

GBL NEW

पालिकामा भूमिहीन नागरिक अरु पनि रहेको र सबैलाइ एकै पटक हेर्न नसकिने बताउदै गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले विस्तारै सबैलाई व्यवस्थापन गर्दै जाने बताए।

उनले भने, ‘यो वर्ष भूमिहीन जनतालाई लालपुर्जा प्रदान गर्ने काम अजयमेरुबाट सुरुवात भएको छ, जिल्लाका सबैजसो भूमिहीनले जग्गाधनी लालपुर्जा पाउन भन्ने आशा गर्दछु।’

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समिति संयोजक अमर ओलीले सरकारले दिएको निर्देशन अनुसार डडेल्धुरा जिल्लाका भूमिहीन, भूमिहीन दलित, सिमान्तकृत समुदाय र सुकुम्बासी बस्तीहरुको वास्तविकता बुझी सोही अनुसार काम कार्वाही अघि बढाउने बताए।

समितिमा सबैजना सरकारी कर्मचारी रहेकाले नियमसंगत तरिकाले भूमिहीन घरपरिवारको व्यवस्थापन गरिने प्रजिअ ओलीले बताए।

शनिवार वितरण गरिएका जग्गाधनी लालपुर्जाहरु अघिल्लो भूमि समस्या समाधान आयोगले प्रक्रिया पुरागरि तयार पारिएको लाजपुर्जा प्रमाणपत्र पूर्जाहरु वितरण गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.