अछामका दुई युवक पक्राउ, बनाउँथे ‘प्रयांक भिडियो’

dream cafe
learnar

अछाम: सामाजिक सञ्जालका लागि ‘प्रयांक भिडियो’ बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गर्दै हैरानी दिएको आरोपमा अछाम प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका–४ का २० वर्षीय डण्डी जोशी र १८ वर्षीय शंकर जोशी रहेका छन्।

GBL NEW

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार विभिन्न ग्रामीण क्षेत्रमा प्रयांक भिडियो बनाउने बहानामा सर्वसाधारणलाई दुःख दिने, हैरानी गर्ने तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जनगुनासो र निवेदन परेका थिए।

उक्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले साउन १४ गते साँझ करिब ७ बजे मंगलसेन नगरपालिका–५ स्थित मंगलसेन बजारबाट दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले शंकरराज जोशी फेसबुकमार्फत प्रयांक भिडियो सार्वजनिक गर्ने गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.