बोहरा मेडिको सेन्टर

अमरगढीमा सिटिजन्स बैंकद्वारा निःशुल्क आँखा शिविर, १७६ जनाले सेवा पाए

dream cafe
learnar

डडेल्धुरा : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा डडेल्धुराले निःशुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा अमरगढी नगरपालिका–८ डकलेस्थित आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा स्वास्थ्य शिविर आयोजना गरेको हो।

CNA
GBL NEW

आज सम्पन्न उक्त शिविरबाट ६४ पुरुष र ११२ महिला गरी कुल १७६ जनाले आँखा परीक्षण सेवा लिएका छन्। शिविरमा ९६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जानकारी बैंकले दिएको छ।

जाँचका क्रममा २७ जनामा मोतिबिन्दुको समस्या देखिएको छ भने ५ जनामा आँखा सम्बन्धी मासु पलाउने (प्टेरीजियम) समस्या भेटिएको छ। उनीहरूलाई आवश्यक शल्यक्रियाका लागि सिफारिस गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.