समीक्षा भन्छिन् : मायाको नाटक गर्ने बलात्कारीले जिउँदै छाड्छन्, जीवनभर मार्छन् 

dream cafe
learnar

काठमाडौं : गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका हुने रहेछन् भन्दै चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेकी छिन्।

HARDIK AGRo NEw

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। १ माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। २ जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’

Ird

चितवनको रत्नगरमा एक होस्टेलमा पोखरेलको शव भेटिएको थियो। उनका बाबुले छोरीमाथि बलात्कार भएको बताउँदै आएका छन् भने प्रहरीले यो आत्महत्या भएको निष्कर्ष निकालेको छ।

गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.