डडेल्धुरामा बिरामीलाई फलफूल वितरण गरेर अडानले मनायो २०औं स्थापना दिवस

dream cafe
learnar

डडेल्धुरा : नेपाल अडिटर्स एशोसियसन (अडान)  को २० औं स्थापना दिवस (अडान डे) डडेल्धुरामा सम्पन्न भएको छ।

आज एक कार्यक्रमकाबीच अडान डडेल्धुराले डडेल्धुरा अस्पताल डडेल्धुराका बिरामीलाई फलफूल वितरण गरेे स्थापना दिवस मनाएको हो।

बोहरा मेडिको सेन्टर

कार्यक्रममा अडान डडेल्धुराका अध्यक्ष तीर्थराज उप्रेतीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको जानकारी दिए।

GBL NEW

उक्त कार्यक्रम डडेल्धुरा अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुधा देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा अस्पतालका डा. नरेन्द्र खनाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

डा. देवकोटाले अडिट पेशासँग आबद्ध व्यक्तिहरूले सामाजिक क्षेत्रमा पनि योगदान पु-याउँदै आएकोमा खुसी व्यक्त गर्दै निरन्तर यस्ता कार्य गर्न आग्रह गरिन्।

डा. खनालले अडानको २० औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे।

कार्यक्रममा अडानका सचिव शेरबहादुर बोहरा, लेखा व्यवसायी प्रेम शाही, तिलक हमाल लगायत लेखा क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.