
डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराले प्रहरी हवल्दार अम्बादत्त जोशीलाई २०८३ साल साउन महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरेको छ।

प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन, कर्तव्यप्रति लगनशीलता, जिम्मेवारीबोध तथा अनुशासनलाई मूल्यांकन गर्दै जोशीलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

महिनाको उत्कृष्ट प्रहरी घोषित भएकोमा प्रहरी हवल्दार जोशीलाई एक कार्यक्रमकाबीच डीएसपी बरुणबहादुर सिंहले प्रशंसा पत्रसहित बधाइ दिए।

