डडेल्धुरामा प्रहरीको १०० नम्बर सेवा अवरुद्ध

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरको आपत्कालीन फोन सेवा प्राविधिक समस्याका कारण अवरुद्ध भएको छ।

प्रहरीले सूचना जारी गर्दै १०० नम्बरको लाइनमा प्राविधिक समस्या आएपछि सेवा अवरुद्ध भएको जनाएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

सेवा पुनः सञ्चालन भएपछि जानकारी गराइने प्रहरीले स्पष्ट पारेको छ।

सेवा अवरुद्ध हुँदा नागरिकलाई पर्न गएको असुविधाप्रति प्रहरीले क्षमायाचना समेत गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.