मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसकिने अडानमा एमाले, प्रदेश सभा बैठक अनिश्चित

dream cafe
learnar

धनगढी : नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो।

Ird
HARDIK AGRo NEw

विश्वासको मतको विषयमा आज प्रदेशसभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको  थियो।

तर, आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीमबहादुर भण्डारीले बताए।

लगत्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भण्डारीलगायत दलका प्रमुखबिच पनि केहीबेर अघि बसेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.