धनगढी : नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो।
विश्वासको मतको विषयमा आज प्रदेशसभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको थियो।
तर, आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीमबहादुर भण्डारीले बताए।
लगत्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भण्डारीलगायत दलका प्रमुखबिच पनि केहीबेर अघि बसेको थियो।