बोहरा मेडिको सेन्टर

नारायणकाजीको नाम भजाएर शिवसिंहको मिडिया ट्रायल, मन्त्रीको बधाई खान हतार !

dream cafe
learnar

डडेल्धुरा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका सांसद शिवसिंह ओलीले आफूलाई भौतिक पूर्वाधार मन्त्री बनाउन आफैं मिडिया ट्रायल गरिरहेको आरोप लागेको छ।

मन्त्रीको नामसमेत टुंगो नलाग्दै ओलीलाई भौतिक पूर्वाधार मन्त्री बनाइएको भन्दै आइतबारदेखि सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।

CNA

ओली निकट व्यक्तिहरूबाटै उनको मन्त्री पदबारे प्रचार गराइएको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।

स्रोतका अनुसार ओलीले आफूलाई मन्त्री बनाउन सामाजिक सञ्जालमार्फत वातावरण बनाउने र पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने प्रयास गरिरहेका छन्।

उनले मन्त्री बन्न नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम भजाएर समेत लबिङ गरिरहेको एक प्रदेश सांसदको दाबी छ।

ओली नेकपामा श्रेष्ठ गुटका नेताको रुपमा परिचित छन्। तर, नेकपाले सुदूरपश्चिममा कसलाई मन्त्री बनाउने भन्ने निर्णय नै गरिसकेको छैन।

GBL NEW

मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।

सत्ता गठबन्धनको भागबन्डाअनुसार नेकपाले पाउने तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम भने अझै टुंगो लागेको छैन।

ओलीलाई बधाई दिनेमा प्रदेश सभा सदस्यदेखि स्थानीय तहका पूर्वजनप्रतिनिधिसम्म छन्।

कांग्रेस प्रदेश सभा सदस्य ललिता सुनारले समेत ओलीको तस्बिर सार्वजनिक गर्दै भौतिक पूर्वाधार मन्त्री बनेको भन्दै शुभकामना दिएकी थिइन्।

नेकपाभित्र भने मन्त्री नभएका सांसदलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ।

साविक माओवादी केन्द्रबाट ओलीसहित केही सांसद अझै मन्त्री बन्न बाँकी छन्।

तर, मन्त्री छनोटको स्पष्ट मापदण्ड नहुँदा आकांक्षी व्यवस्थापन पार्टीका लागि चुनौती बनेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.