सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री लम्साललाई भएको के हो ?

dream cafe
learnar

डडेल्धुुरा : सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई उपचारका लागि काठमाडौं ल्याइँदैछ।

आइतबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत उनलाई धनगढीबाट काठमाडौं ल्याइन लागिएको हो ।

बोहरा मेडिको सेन्टर
GBL NEW

सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा बैतडी पुगेका मन्त्री लम्साल शनिबार राति दशरथचन्द नगरपालिका–४, गोठलापानीमा बसेका थिए। त्यही क्रममा उनलाई ज्वरो आउने, घाँटी तथा हातखुट्टा दुख्ने समस्या देखिएको थियो।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूका अनुसार सुरुमा स्थानीय चिकित्सकबाट उनको उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याउने निर्णय भएको हो।

आइतबार दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बैतडी पठाइएको थियो। हेलिकप्टरमार्फत मन्त्री लम्साललाई बैतडीबाट धनगढी ल्याइएको र त्यहाँबाट साँझ सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो।

मन्त्री लम्साल पछिल्ला केही दिनदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.