डडेल्धुरामा सुशासनको धज्जी : छड्केमा ५८ कर्मचारी गैरहाजिर, ७ कार्यालय प्रमुखसमेत [नामसहित]

dream cafe
learnar

डडेल्धुरा : सरकारी कार्यालयमा सुशासन र सेवा प्रवाहको वास्तविकता डडेल्धुरा प्रशासनको छड्के निरीक्षणले उजागर गरेको छ।

कार्यालय खुल्ने समयमै गरिएको निरीक्षणमा ५८ कर्मचारी गैरहाजिर भेटिएका छन्।

बोहरा मेडिको सेन्टर

गैरहाजिर हुनेमा ७ जना कार्यालय प्रमुखसमेत छन्।

प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाका अनुसार शुक्रबार प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको निर्देशनमा बिहान सवा ९ बजे २५ सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको थियो।

प्रशासनले गैरहाजिर कर्मचारीलाई कारणसहित स्पष्टीकरण दिन निर्देशन दिएको छ।

GBL NEW

सम्बन्धित कार्यालयलाई गैरहाजिर हुनुको कारण खुलाएर तत्काल प्रशासनमा जानकारी गराउन भनिएको प्रशासकीय अधिकृत रोकायाले बताए।

डडेल्धुरामा करिब ४५ सरकारी कार्यालय छन्।

पहिलो चरणमै २५ कार्यालयमा छड्के गर्दा ५८ कर्मचारी गैरहाजिर भेटिनुले अनुगमन र कर्मचारीमाथिको जवाफदेहिता कति कमजोर रहेछ भन्ने प्रष्ट हुन्छ।

अब प्रशासनले स्पष्टीकरण लिएर मात्रै छाड्छ कि कार्यालय समयमा गैरहाजिर हुने कर्मचारी र कार्यालय प्रमुखमाथि नियमअनुसार कारबाही गर्छ? सुशासनको वास्तविक परीक्षा यहीँबाट सुरु हुनेछ।

जनताको करबाट तलब खाने कर्मचारी कार्यालय समयमा उपस्थित नहुनु र सेवाग्राहीलाई सेवा दिनुपर्ने कार्यालय प्रमुखसमेत गैरहाजिर हुनु सुशासनको खिल्ली उडाउने अवस्था हो।

हेर्नुस् सूची :

 

Ddl dental
Leave A Reply

Your email address will not be published.