‘मम्याल बाजे’ को विरासत जिउँदै : छोरा सुरेन्द्र कांग्रेस नेतृत्वविरुद्ध मैदानमा

dream cafe
learnar

डडेल्धुरा  :  शेरबहादुर देउवाविरुद्ध दुई दशकभन्दा बढी समय लगातार चुनाव लड्दै आएका अमरगढी नगरपालिका-२ सोल्परीका कर्णसिंह रावल उर्फ ‘मम्याल बाजे’ अब राजनीतिक रूपमा इतिहास बनेका छन्।

गत जेठमा उनको निधन भएको थियो। तर, उनको संघर्ष र राजनीतिक विरासत अझै डडेल्धुराको चुनावी मैदानमा जीवित छ।

GBL NEW

देउवा डडेल्धुराबाट अन्तिम पटक आफैं चुनाव लड्न चाहन्थे। तर, विशेष महाधिवेशनपछि गगन थापा सभापति बनेसँगै देउवालाई टिकट दिइएन।

यसपटक डडेल्धुरामा दुई सदाबहार प्रतिद्वन्दी कर्ण र देउवा  चुनावी प्रतिस्पर्धामा छैनन्।

तर, देउवाविरुद्धको प्रतिरोधको प्रतीक बनेका मम्याल बाजेको नाम अझै पनि डडेल्धुराका मतदाताबीच जीवित छ।

यसपटकको चुनावमा मम्याल बाजेका कान्छा छोरा सुरेन्द्र रावल ‘मम्याल’ उम्मेदवार बनेका छन्।

रावल परिवार नवदुर्गा गाउँपालिका-५ मम्याबाट अमरगढीमा बसाइँ सरेकोले ‘मम्याल’ को रुपमा परिचित भएका हुन्।

काठमाडौंमा रहँदा सुरुमा सुरेन्द्रले देउवा डडेल्धुरामा उम्मेदवार बन्ने चर्चा सुनेका थिए।

बुवा कर्णले देउवाविरुद्ध निरन्तर उम्मेदवारी दिइरहेकाेेले बुवाको आत्म शान्तिको लागि चुनाव लड्ने निर्णय गरे, उनले।

तर, देउवा उम्मेदवार नभएर नैनसिंह महर उम्मेदवार बन्ने थाहा पाएपछि उम्मेदवारी नदिने बिचार भने उनले नगरेका होइनन्।

उनी भन्छन्, ‘बुवाले जीवनभर शक्तिशाली देउवाविरुद्ध लडेर जनताको आवाज उठाउनुभयो। अहिले देउवा छैनन्, तर त्यो प्रवृत्ति अझै बाँकी छ। त्यसकै विरुद्ध म उम्मेदवार बनेको हुँ।’

सुरेन्द्रले घरदैलो कार्यक्रम सुरु गरिसकेका छन्।

उनी भन्छन्, ‘डडेल्धुरामा खासै विकास भएको छैन्। पाँच पटक प्रधानमन्त्री भएर देउवाले डडेल्धुरामा पूर्वाधार निर्माणका काम ओझेलमा पारे।’

यसपटक डडेल्धुराका नागरिकले परिवर्तन चाहेको उनी बताउँछन्। जनताको साथ सहयोग पाएमा जित सुनिश्चित हुनेमा उनी ढुक्क छन्।

उनले चुनाव जिते युवा स्वरोजगारको कार्यक्रम ल्याउने र डडेल्धुराको समग्र विकासमा लाग्ने उनको भनाइ छ।

र, यो पनि :

रहेनन् डडेल्धुराको चुनावी चिनारी ‘मम्याल बाजे’, अब लड्ने छैनन् देउवासँग चुनाव

Ddl dental
Leave A Reply

Your email address will not be published.