रहेनन् डडेल्धुराको चुनावी चिनारी ‘मम्याल बाजे’, अब लड्ने छैनन् देउवासँग चुनाव

dream cafe
learnar

डडेल्धुरा: ‘म बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न’ भन्ने अठोट गरेका अमरगढीका कर्णसिंह रावल अब कहिल्यै देउवाविरुद्ध उम्मेदवार बन्न सक्ने छैनन्।

‘मम्याल बाजे’ भनेर परिचित ८४ वर्षीय रावलको आज निधन भएको छ। केही दिन यतादेखि बिरामी रहेका उनको आज निधन भएको हो।

GBL NEW

नवदुर्गा गाउँपालिकाको मम्या भन्ने स्थानका मूल निवासी र अमरगढी नगरपालिका बसोबासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै आएका थिए।

उनी २०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध उम्मेदवार बनेका थिए।

प्रचारप्रसार नगर्ने, चुनाव चिन्हमा सूर्यमुखी फूल भिरेर घाम ताप्ने र ‘एक मत आए पनि पुग्छ’भन्ने उनको बानीले उनलाई जिल्लामै चर्चित बनाएको थियो।

मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावल २०४८ सालको संसदीय निर्वाचनताका शेरबहादुर देउवालाई सहयोगीको रूपमा चुनाव जिताउन खटिएका थिए।

तर, त्यसपछिको सरुवा विवादले उनी देउवासँग खिन्न बने र जीवनभर प्रतिस्पर्धा गर्ने अठोट लिए।

‘म आफन्त भनेर भोट दिलाएँ, तर जब मैले जिल्लामै बस्ने भनें, तर देउवाले ‘हुँदैन। कहाँ हुन्छ ? आफ्नो मान्छे राखिसकेका छौँ, उसलाई बैतडी पठाऊ’ भनेछन् रे’अघिल्लो चुनावमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘त्यो दिनदेखि मैले भोट माग्दै हिँड्न छोडेँ, तर उम्मेदवारी भने कहिल्यै रोकिनँ।’

२०७४ सालको चुनावमा उनले २८० मत पाएका थिए। भने ०७९ को चुनावमा ४४२ मत पाएका थिए।

०८४ निर्वाचनमा देउवाले चुनाव लडे रावल पनि तयारीमा थिए।

‘मलाई जिताए, जिल्लावासीलाई दुई छाक खाने बनाउँछु, देउवाजस्तो बजेट खाने नेता बन्दिन्न,’ भन्ने उनको भनाइ पछिल्लो चुनावमा चर्चित बनेको थियो।

आज मम्याल बाजे यस दुनियाँबाट सधैँका लागि बिदा भए। उनी अब देउवाविरुद्ध उम्मेदवारी दिने छैनन्।

तर डडेल्धुराका मतदाताको स्मृतिमा मम्याल बाजे देउवाविरुद्धको चुनावी चिनारीका रूपमा अमर रहनेछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.