पूर्वप्रधानमन्त्री देउवाको गाउँ पुग्ने सडकमा लापरबाही, गुणस्तरहीन निर्माणपछि सीडीओ जुरुक्क

dream cafe
learnar

डडेल्धुरा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिका–१, रुवाखोला हुँदै जाने भाँतकाँडा–बडाल–रेल सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको पाइएको छ।

सडक डिभिजन कुलपाते, डोटीले २०७८ माघमा ११ करोड रुपैयाँमा ४.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी अनक जोशी मालिका निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।

Arthik

२०८० चैत मसान्तसम्म काम सक्ने सहमति भए पनि दुई पटक म्याद थपिँदा–थपिँदै अहिले कालोपत्रे त सुरु नै भएको छैन, मेसनरी काम पनि अत्यन्तै गुणस्तरहीन पाइएको छ।

स्थानीयवासीहरूका अनुसार निर्माणस्थलमा बालुवाका नाममा माटो हालिएको छ भने गिट्टी पनि कमसल गुणस्तरको प्रयोग गरिएको छ।

स्थानीय सन्तोष देउवाले पाँच वर्षसम्म सडक निर्माण अड्किएको र अहिले प्रयोग भइरहेको सामग्रीहरू पनि कमसल रहेको बताए।

‘विगतदेखि कमसल खालको बालुवा र गिट्टी प्रयोग गरिरहेको छ। सडक डिभिजन कुलपातेका डी सापलाई फोन गर्दा उठाउनु हुन्न,’ उनले भने, बालुवाको ठाउँमा माटो प्रयोग गरिएको छ। सिमेन्ट पनि एक्सपायर भएको प्रयोग भएको छ।’

स्थानीय सुरेन्द्र चन्दले त आज मात्रै माटो प्रयोग गरेर बनाइएको पर्खाल स्थानीयको विरोधपछि भत्काइएको जानकारी दिए।

यो सडक खण्ड २०५२ सालमै ट्र्याक खोलिएको थियो।

निर्माण कम्पनीका सञ्चालक रघुवीर साउदलाई पूर्वगृहमन्त्री रमेश लेखकको निकट मानिने भएकाले राजनीतिक आडमा निर्माणमा लापरबाही भइरहेको आरोप पनि स्थानीयले लगाउँदै आएका छन्।

HARDIK AGRo NEw

सडक डिभिजन कुलपातेका सब–इन्जिनियर बिक्रम शर्माले पनि काम सुस्त रहेको स्वीकार गर्दै हालसम्म ४१ प्रतिशत मात्र प्रगति भएको बताए।

सुरुको वर्षमा आईए र वन क्षेत्रसम्बन्धी विवादका कारण काम ढिलो भएको उनको भनाइ छ।

‘बरम्बार हामी भनिरहेका छौं। उहाँ नटेरी गुणस्तरहिन सामग्री प्रयोग गरिरहनु भएको छ। हामी अर्का फिल्डमा जाने समयमा प्रयोग भएको थाहा पाए हामी त्यो बन्द गर्दिन्छौं,’ उनले भने।

सीडीओको अनुगमन
गुनासो बढेपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालासहितको टोलीले सडक खण्डको अनुगमन गरेको छ।

अनुगमनपछि सीडीओ कोइरालाले अत्यधिक लो बिडिङ, गुणस्तरहीन सामग्री प्रयोग, समयमै काम नगर्ने र गैरजिम्मेवारीपन देखिएको भन्दै सबै पक्षलाई सचेत गराइने बताए। उनका अनुसार काम समयमै पूरा गराउनेतर्फ प्रशासन सक्रिय रहनेछ।

यसै सडकको माथिल्लो भागमा भने काम छिटो भएको पाइन्छ। २०७९ असोजमा एस.के. तेड़ी–कालिका जेभीसँग साढे ६ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो, जुन खण्डको काम सम्पन्न भइसकेको छ।

त्यसअघि एस.के. भवानी कम्पनीलाई दिएको साढे ३ किलोमिटर खण्डको ठेक्का पनि २०८१ असारमै सकिएको छ।

सम्बन्धित समाचार :

डडेल्धुरामा सेवा प्रवाह सुधार्ने सीडीओ कोइरालाको प्रतिवद्धता

अछाममा हाजिर हुन नपाउँदै डडेल्धुराको सीडीओ बने कोइराला

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.