डडेल्धुरामा पहिलोपटक महिला सीडीओ

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराले पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) पाएको छ।

गृह मन्त्रालयको निर्णयअनुसार उपसचिव सावित्रा पुनलाई कार्तिक २७ गतेदेखि जिल्लाको नेतृत्व जिम्मेवारी दिइएको हो।

बोहरा मेडिको सेन्टर

दाङ घर भएकी पुन गत असार १६ गते सहायक सीडीओका रूपमा डडेल्धुरा आइपुगेकी थिइन्।

सहसचिव सीडीओ जनार्दन गौतमको सरुवापछि मन्त्रालयले उपसचिव पुनलाई प्रमुख जिल्ला अधिकारी बनाएको हो।

डडेल्धुरामा सहसचिव दरबन्दी रहे पनि उपसचिव पुनलाई कार्यवहाक सीडीओको रुपमा जिम्मेवारी दिइएको गृह मन्त्रालयको भनाइ छ।

उनलाई अनुभव र क्षमताका आधारमा जिम्मा दिइएको बताइन्छ। यसअघि उनले सल्यानमा सीडीओका रूपमा काम गरिसकेकी छन्।

GBL NEW

प्रशासनिक नेतृत्वमा सक्षम मानिने पुनले डडेल्धुरामा सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताएकी छन्।

आगामी फागुन २१ मा तोकिएको निर्वाचन व्यवस्थापन तथा सुरक्षा, समन्वय र तयारीको मुख्य जिम्मेवारी पनि अब उनीमाथि छ।

जिल्लामा आगामी चुनावलाई शान्त, स्वच्छ र विश्वसनीय बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ।

र, यो पनि :

गृहले सीडीओ नपठाउँदा निमित्तको भरमा डडेल्धुरा

चार महिनामै सरुवा भए डडेल्धुराका सीडीओ गौतम

देउवाकै गृहजिल्लामा कार्यबाहक सीडीओ

Ddl dental
Leave A Reply

Your email address will not be published.