गृहले सीडीओ नपठाउँदा निमित्तको भरमा डडेल्धुरा

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा छ। डडेल्धुरा करिब दुई सातादेखि निमित्त प्रजिअको भरमा रहेको हो।

१३ कात्तिकमा डडेल्धुरामा कार्यरत सहसचिव प्रजिअ जनार्दन गौतमलाई गृह मन्त्रालयले कपिलबस्तु सरुवा गरेको थियो।

बोहरा मेडिको सेन्टर

गौतमको चार महिनामै सरुवा गरेको गृहले हालसम्म यहाँ कसैलाई पठाएको छैन्।

GBL NEW

डडेल्धुरामा हाल निमित्त प्रजिअको रुपमा उपसचिव सावित्रा पुनले कार्य सम्पादन गरिरहेकी छन्। तर, गृहले उनलाई पूर्ण जिम्मेवारी नदिएको बताइन्छ।

प्रशासन स्रोतका अनुसार पुन पनि डडेल्धुरा बस्ने मनस्थितिमा नरहेको बताइन्छ। उनले सरुवा मागिरहेकी छन्।

यहाँ सहसचिव सीडीओको दरबन्दी हो। पुन उपसचिव हुन्।

गृह मन्त्रालयले भने चाँडै सीडीओ पठाउने जनाएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘प्रक्रियामा छ, छिट्टै पठाउँछौं, कसलाई पठाउने भन्ने डिसीजन भएपछि थाहा होला।’

र, यो पनि :
चार महिनामै सरुवा भए डडेल्धुराका सीडीओ गौतम

Ddl dental
Leave A Reply

Your email address will not be published.