चार महिनामै सरुवा भए डडेल्धुराका सीडीओ गौतम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा गरिएको छ।

गृह मन्त्रालयले एकैपटक ३६ जना सहसचिवको सरुवा गर्दा गौतम पनि सरुवामा परेका हुन्।

बोहरा मेडिको सेन्टर

उनी अब कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत हुनेछन्।

GBL NEW

गौतमले गत असार ११ गते डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा पदभार सम्हालेका थिए।

छोटो अवधिमा नै उनले प्रशासनिक कामकाजमा चाँडो निर्णय गर्ने, स्थानीय निकायहरूसँग सहकार्य बढाउने र नागरिक सेवामा पारदर्शिता ल्याउने जस्ता पहलका कारण प्रशंसा पाएका थिए।

उनको कार्यकालमा जिल्ला शान्ति सुरक्षा संयन्त्र सुदृढ बनाउने, स्थानीय समस्या समाधानमा सक्रियता देखाउने र नागरिकमैत्री प्रशासन निर्माण गर्ने प्रयास भएको सरोकारवालाहरू बताउँछन्।

गौतमको सरुवापछि डडेल्धुरामा सहसचिव सीडीओ पठाउने वा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई जिम्मेवारी दिने भन्ने विषयमा गृह मन्त्रालयले केही समयमै निर्णय गर्ने बताइएको छ।

पुन उपसचिव हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.