बोहरा मेडिको सेन्टर

कप्तान रोहितले प्लेयर अफ दि म्याच ‘जेन–जी’ सहिदलाई समर्पण गरे

dream cafe
learnar

धनगढी : नेपालले शारजहा क्रिकेट मैदानमा ऐतिहासिक जित हात पारेको छ। नेपालले युनिटी टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा २ पटकको विश्व विजेता वेस्ट इन्डिजलाई‌ १९ रनले हराएको छ।

यो खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भएका छन्। उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित ३८ रन जोडेका थिए।

CNA

१२ रन जोड्दा २ विकेट गुमाएको अवस्थामा कुशल मल्लसँग मिलेर ५८ रनको साझेदारी महत्वपूर्ण रहेको थियो। साथै उनले १ विकेट पनि लिएका थिए।

Bohora ma 1

प्लेयर अफ‌ दी म्याचको अवार्ड जितेपछि रोहितले यो अवार्ड जेन जी आन्दोलनमा ज्यान गुमाएका सहिदलाई समर्पण गरेका छन्।

उनले पछिल्लो महिना नेपालको लागि निकै कठिन समय रहेको स्मरण गर्दै बिस्तारै पुरानो शैलीमा आउँदै गरेको र केहि खुसी दिन सकेको पनि बताए।

आजको जितमा टिमले राम्रो प्रदर्शन गरेको भन्दै करण केसी र सोमपालको अनुभव अनि स्पिनरहरूको प्रदर्शन उत्कृष्ट रहेको बताए। उनले कुशल भुर्तेलको पनि तारिफ गरे।

साथै रोहितले शारजाह स्टेडियममा पुगेका दर्शकलाई धन्यवाद दिए। उनले आजको जितलाई सुरूवातको संज्ञा दिए। ३ खेलको सिरिजमा नेपालले १-० ले अग्रता लियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.