

डडेल्धुरा : सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्ष पदका लागि भएको निर्वाचनमा हिक्मतबहादुर साउद विजयी भएका छन्।
आज भएको निर्वाचनमा खसेका ६२० मतमध्ये साउदले ३१९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।


उनका प्रतिस्पर्धी हरिप्रसाद जोशीले २६९ मत प्राप्त गरे।
कुल खसेको मतमध्ये ३२ मत बदर भएको निर्वाचन परिणामले जनाएको छ।
यससँगै साउदले जोशीलाई ५० मतको अन्तरले पराजित गर्दै सहकारीको सञ्चालक समिति अध्यक्ष पदमा बाजी मारेका छन्।


