स्वकीय , ड्राइभर र भान्सेबाट परिवारका व्यक्ति हटाउन मन्त्रीलाई सुदूरपश्चिम एमाले संसदीय दलको निर्देशन

dream cafe
learnar

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना मन्त्री र राज्यमन्त्रीहरूले स्वकीय सचिवदेखि भान्सेसम्म परिवारका सदस्यहरूलाई नियुक्ति गरेको भन्दै तत्काल हटाउन निर्देशन दिएको छ।

आन्तरिक मामिला मन्त्री हिरा सार्कीको निवासमा बसेको बैठकमा मन्त्री सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सहभागी थिए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

बैठकमा सांसदहरूले छोरा–छोरी, भाइ–ज्वाइँसम्मलाई जिम्मेवारी दिएको भन्दै आलोचना गर्दै तत्काल खारेज गर्ने निर्णय गरेका हुन्।

बैठकले मन्त्री मात्र नभई सांसद र समिति सभापतिसम्मले पनि परिवारलाई नियुक्ति दिन नपाउने स्पष्ट गरेको छ।

साथै जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने र एमालेले छुट्टै अध्ययन गर्ने निर्णय पनि गरिएको प्रमुख सचेतक चक्र मल्लले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.