बोहरा मेडिको सेन्टर

डडेल्धुरामा पत्रकार महासंघको बैठक : पत्रकारले पार्टी कमिटीमा बस्न नपाइने, शोक परे १० हजार

dream cafe
learnar

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले महत्वपूर्ण चार बुँदे निर्णय गरेको छ।

शाखा अध्यक्ष हिक्मत बहादुर सिंहको अध्यक्षतामा असोज ३ गते बसेको बैठकले पत्रकारिता पेशालाई मर्यादित, स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन विशेष आग्रह गरेको हो।

CNA

बैठकले कुनै पनि साधारण सदस्यले राजनीतिक दलका वडादेखी केन्द्रसम्मका कुनै पनि कमिटीमा पद नसम्हाल्न आग्रह गरेको छ।

Bohora ma 1

महासंघले सो निर्णय उल्लंघन गर्ने पत्रकारप्रति उत्पन्न हुन सक्ने राजनीतिक प्रतिशोध वा अन्य घटनामा महासंघ  जवाफदेही नहुने स्पष्ट पारेको छ।

यस्तै, महासंघको सदस्य रहेका पत्रकारका परिवारमा (आमा, बुबा, श्रीमान, श्रीमती वा छोराछोरी) को निधन भएमा किरिया खर्चका लागि १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

साथै, जिल्लामा सुशासन प्रवर्द्धन, नागरिक अधिकारको रक्षा र समुन्नत लोकतन्त्रलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न अधिकारकर्मी तथा विभिन्न संघसंस्थासँग सहकार्यमा नागरिक खबरदारी अभियान निरन्तर सञ्चालन गर्ने निष्कर्ष निकालिएको छ।

गत भाद्र २३ र २४ गते ‘जेन्जी आन्दोलन’का क्रममा डडेल्धुरामा सरकारी, गैरसरकारी, राजनीतिक दल तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिपूर्ति पुनःनिर्माणमा समेत आवश्यक सहयोग गर्ने महासंघले प्रतिबद्धता जनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.