डडेल्धुराका डीएसपी श्रेष्ठको सरुवा, को आउँदै ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठको सरुवा भएको छ। श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखामा सरुवा भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी बरुणबहादुर सिंहलाई डडेलधुरा पठाइएको छ।

Ird

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा/काज भएको मानवश्रोत विकास विभागले जनाएको छ।

यसैबीच, सुदूरपश्चिमका विभिन्न कार्यालयमा कार्यरत र दरबन्दी रहेका अन्य एसपी र डीएसपीहरु पनि सरुवा तथा काजमा परेका छन्।

HARDIK AGRo NEw

जसअनुसार बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखामा कार्यरत डीएसपी गौरव महतलाई दार्चुला पठाइएको छ। दार्चुलाबाट डीएसपी प्रकाश दाहाललाई भने जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।

त्यसैगरी, महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत डीएसपी देबेन्द्र कुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय बर्दिया सरुवा गरिएको छ।

उनको स्थानमा मिलन बस्नेत पठाइएका छन्।

कैलालीको टीकापुर इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी नविनराज बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टङ्गाल मातहतमा सरुवा गरिएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रबाट प्रकाश डाँगी टीकापुर आइपुगेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रवन्ध शाखा धनगढी पठाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.