पूर्वएसएसपी योगेश्वरको डडेल्धुरा बसाइँ अनुभव : त्यहाँ डीएसपी, सीडीओ र न्यायाधीश होइन, शेरबहादुर मात्रै छ
भन्छन् : देउवा साधारण, ससुरालीको लोभलाई रोक्न सक्नुभएन


डडेल्धुरा : नेपाल प्रहरीका पूर्वएसएसपी योगेश्वर रोमखानीले डडेल्धुरा प्रहरी प्रमुख हुँदाको अनुभव सेयर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले डडेल्धुरा बसाइँ अनुभव सेयर गरेका हुन्।

उनी २०५६-०५७ तिर डडेल्धुरा प्रहरी प्रमुखका रुपमा आएका थिए। त्यो समयमा माओवादी युद्व उत्कर्षमा पुगेकाे थिए।
डडेलधुरा पुग्नु अघि उनी सिरहामा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा कार्यरत थिए। तत्कालीन नेपाल प्रहरी प्रमुख अच्युतकृष्ण खरेलले ‘तपाईँको जिल्लामा राम्रो प्रहरी प्रमुख पठाउँछु’ भनेर देउवालाई भनेको कुरा आफूले सुनेको स्मरण गर्दै उनले खरेलप्रति आभार प्रकट गरेका छन्।
‘२०५६–५७ साल माओवादी युद्ध उत्कर्षमा थियो, म कालीकोट खटिँदा खरेलज्यूले दिनुभएको हौसला, समर्थन र मायाले मलाई अपार ऊर्जा दिएको थियो,’ उनले भने।
तर, त्यही क्रममा भएको पदोन्नति प्रक्रियामा आफूभन्दा १८ महिना जुनियरहरूलाई समेत बराबरी पदमा पुर्याइएकाले अन्याय भएको गुनासो गर्दै उनले खरेलकै कार्यकालका केही निर्णयप्रति असन्तुष्टि व्यक्त गरे।
डडेलधुरा पुगेको स्मरण गर्दै उनले भने, ‘त्यो बेला कांग्रेस कार्यकर्ताहरूको अराजक गतिविधि अद्भुत थियो। जिल्लाका न्यायाधीशले समेत मलाई भन्नुभयो, यहाँ डीएसपी, सीडीओ र न्यायाधीश होइन, शेरबहादुर देउबा मात्रै छ।’

उनका अनुसार तत्कालीन सीडीओ गीता खनाल ईमानदार र दृढ व्यक्तित्व थिए, जसबाट आफूले ठूलो प्रेरणा पाएको बताए।
१५–२० दिनमै उच्चस्तरीय हर्कत गर्नेहरूलाई अनुशासित बनाएपछि न्यायाधीशले आफूलाई प्रशंसा गर्दै ‘तपाईँ जस्तो मान्छे खोज्छ सिस्टम, तर यो सिस्टमले खोज्ला जस्तो लाग्दैन,’ भनेको उनी स्मरण गर्छन्।
सोही क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फोनमार्फत ‘मेरा नाम बेचेर बदमाशी गर्नेहरूबाट नडराउन’ हौसला दिएको उनले उल्लेख गरे।
उनले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एकदमै सरल र साधरण व्यक्ति भएको बताएका छन्।
देउवा लोभ नभएको एकदमै साधरण व्यक्ति भएको भन्दै प्रशंसा गरेका छन्। तर, उनले देउवापत्नी आरजु राणा देउवा भने अन्यन्तै लोभी भएको आरोप लगाएका छन्।
योगेश्वर तिनै व्यक्ति हुन्, जो कुनै समय देउवाको सुरक्षामा खटिएका थिए।
देउवा सरल व्यक्ति भएपनि पत्नी र ससुराली खलकको लोभलाई रोक्न नसेकेको बताएका छन्।
कुनै बेला देउवाको सुरक्षामा खटिएको जानकारी गराउँदै उनले भनेका छन्, ‘उहाँ अत्यन्त साधारण, ground to earth, आम मानिस हुनु हुन्छ। मैले अनुभव गरेको हिसाबले हेर्दा उहाँलाई लोभपनि छैन। उहाँले सिस्टममा सुधार गर्नपनि खोजेको हो। तर, उहाँले आफ्नो श्रीमती आरजु राणालाई र ससुराली खलकको अत्यन्त लोभलाई रोक्नु सक्नु भएन।’


