कैलारी गाउँपालिकाका अध्यक्ष राज समझको चर्तिकला : अस्ती राजीनामा, आज फिर्ता

dream cafe
learnar

धनगढी : कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले केही दिनअघि दिएको राजीनामा फिर्ता लिएका छन्।

जेन्जी आन्दोलनका क्रममा उनले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष र पार्टी सदस्य पद दुवैबाट राजीनामा दिएको घोषणा गरेका थिए।

Ird

तर, उनले आज एक विज्ञप्ती मार्फत राजीनामा फिर्ता लिएको जानकारी दिएका छन्।

HARDIK AGRo NEw

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा चौधरीको घरमा तोडफोड तथा आगजनी समेत भएको थियो।

त्यतिबेला उनलाई राजीनामा दिनुपर्ने दबाब मात्र नभई ज्यान मार्ने धम्की समेत आएपछि उनले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष र पार्टी सदस्य पद दुवैबाट राजीनामा दिएको घोषणा गरेको बताएका छन्।

गाउँपालिका भित्र सार्वजनिक तथा निजी सम्पत्ति संरक्षण गर्ने, गाउँसभा सदस्य र राजनीतिक दलहरूबाट राजीनामा फिर्ता लिन आग्रह भएको भन्दै उनले राजीनामा फिर्ता लिएको बताएका छन्।

अध्यक्ष चौधरीले गाउँपालिकाको नियमित कामकारबाही अघि बढाउन सबै कैलारीबासीसँग सहयोग र समन्वयको लागि आग्रह गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.