बोहरा मेडिको सेन्टर

‘जेन्जी’ आन्दोलमै ढले धनगढीका गौरव, घरकाले टिकटकबाट थाहा पाए

dream cafe
learnar

डडेल्धुरा : धनगढी–५ तारानगरका गौरव जोशी सोमबार बिहान काठमाडौंमा पढाइका लागि डेराबाट निस्किए।

काठमाडौंमा ‘जेन्जी’ समूहको आन्दोलन चर्किरहेको थियो। साथीहरूसँगै उनी पनि आन्दोलनमा मिसिए। प्रहरीको गाली लागेर उनी साँझतिर आन्दोलनमै ढले। गोली सिधै उनको टाउकोमा लागेको थियो।

CNA

उनलाई ट्रमा सेन्टरमा लगियो। तर, डाक्टरहरूले जीवन फर्काउन प्रयास गरे पनि सफल भएनन्।

Bohora ma 1

गौरवको मृत्युको खबर परिवारमा भने टिकटकमार्फत पुगेको थियो। भिडन्तको भिडियोमा देखिएको रक्ताम्य अनुहार आफ्नै काका हो कि भन्ने शंका भतिजी सोनियाले गरिन्।

त्यसपछि खोजी गर्दै जाँदा राति मात्र परिवारले उनको निधनको पीडादायी खबर पाए।

७८ वर्षीय बासुदेव जोशी र उनकी श्रीमतीका गौरव एकमात्र सहारा थिए। प्लस–टु सकेर बेलायत जाने तयारीमा रहेका उनले घरको जिम्मेवारी बोकेर विदेश जाने सपना कोरेका थिए। तर, त्यो सपना आन्दोलनकै क्रममा टुट्यो।

परिवारले पोस्टमार्टम गर्न अस्वीकार गर्दै गौरवसहित आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेका छन्। मृतकका आफन्तहरूले सम्मानजनक अन्त्येष्टी, उचित क्षतिपूर्ति र सहादतको उच्चतम सम्मान दिनुपर्ने जोड दिएका छन्।

गौरवको निधनले केवल एक परिवार मात्र होइन, सिंगो गाउँ–समाजलाई स्तब्ध बनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.