डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर भागे कैदी, सीडीओ भन्छन् : ‘खोजेर ल्याउँछौ’

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन्। बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन्।

HARDIK AGRo NEw

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२७ जना कैदी रहेकोमा ८४ जना भागेको जानकारी दिए। उनका अनुसार ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै छन्।

Ird

‘आगजनी र तोडफोड गरेर भागे भन्ने खबर आएको छ। सुरक्षाकर्मी लगाएर खोजेर पुनः ल्याउँछौं,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी  सुगन्त्र श्रेष्ठले कारागारमा आगजनी र तोडफोड गरेर कैदी भागेको जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.