बोहरा मेडिको सेन्टर

बाजुरामा कार्यरत प्रहरी जवान नरेश बोहरा ‘पुलिस अफ द मन्थ’ घोषित

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बाजुरामा कार्यरत प्रहरी जवान नरेश बहादुर बोहरालाई “पुलिस अफ द मन्थ” घोषित गरेको छ।

गम्भीर जोखिम मोलेर साहसी कार्य सम्पन्न गरेको भन्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मानस्वरूप प्रशंसा–पत्र प्रदान गरिएको हो।

CNA

गत साउन २२ गते बडीमालिका मन्दिरमा पूजा गरेर फर्किने क्रममा बाजुराको त्रिवेणी नगरपालिका–९, माटेसाँघुमा भिरबाट लड्दा दुई जनाको मृत्यु भएको थियो।

Bohora ma 1

काठमाडौँ गोकर्णेश्वर–५ का विप्लव ओझा र बर्दिया ठाकुरबाबा–४ का डिल्लीराज घोडाशैनीको शव उद्धार कार्य बोहराले विकट भौगोलिक परिस्थिति, प्रतिकूल मौसम र करिब ९०० मिटर तलको भिरालो क्षेत्रमा गई सम्पन्न गरेका थिए।

सो क्रममा आफ्नो ज्यानको पर्वाह नगरी उच्च मनोबल, जिम्मेवारी र समर्पणका साथ कार्य सम्पादन गरेको भन्दै उनलाई विशेष सम्मान गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बर बहादुर विकले प्रशंसा–पत्र प्रदान गर्दै बोहराको योगदानले प्रहरी संगठनको मर्यादा र प्रतिष्ठा बढाएको बताए।

उनले आगामी दिनमा पनि अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा बोहराले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.