बोहरा मेडिको सेन्टर

निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वको लागि अवस्थी र भट्टबीच प्रतिस्पर्धा

dream cafe
learnar

कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि यसपटक दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

आउँदो २१ भदौ शनिबार हुने संघको १५ औँ कार्य समितिका लागि निर्वतमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीबीच प्रतिष्पर्धा हुने भएको हो।

CNA

दुवैले छुट्टाछुट्टै प्यानल घोषणा गर्दै प्रचार–प्रसारलाई तिव्र पारेका छन्।

यसअघि भएको १४ औँ कार्य समिति निर्वाचनमा अवस्थी भट्टसँग ४२ मतको अन्तरले पराजित भएका थिए।

पुनः दुबै नेताले नेतृत्वको दाबी गर्दै मतदाता भेटघाटमा सक्रिय भएपछि यसपटकको निर्वाचनलाई अझ रोचक मानिएको छ।

Bohora ma 1

पदाधिकारीतर्फ भट्ट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्द, उपाध्यक्षमा दिपक भट्ट, महासचिवमा योगेन्द्र बहादुर ठगुराठी, सचिवमा तेज बहादुर चन्द र सहकोषाध्यक्षमा हेमराज महरा उम्मेदवार बनेका छन्।

उता अवस्थी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्षमा यज्ञराज बैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा गोरेसिह ऐर र सहकोषाध्यक्षमा चित्र कार्की प्रतिस्पर्धामा छन्।

दुवै प्यानलले निर्माण व्यवसायीका हकहितका एजेण्डा अघि सारेका छन्।

संघको नेतृत्वका लागि पुनः त्यही पुराना अनुहार प्रतिस्पर्धामा देखिएका कारण यसपटकको निर्वाचन परिणामप्रति व्यवसायीहरू उत्सुक बनेका छन्।

२८ वर्षदेखि निर्माण व्यवसायमा सक्रिय अवस्थी संघमा सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको दौडमा छन्।

भट्ट भने ३२ वर्षदेखि व्यवसायमा सक्रिय रहँदै सदस्यबाटै सिधै वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुँदै फेरि अध्यक्ष पदमा दाबी गर्न उत्रिएका हुन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.