बोहरा मेडिको सेन्टर

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्दै केसी

dream cafe
learnar

धनगढी : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान(गेटा)बाट २३ औँ सत्याग्रह सुरु गर्न लागेका छन्।

सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गर्ने जनाएका हुन। चिकित्सा शिक्षा आयोगले २१औं बैठकले एमबीबीएसमा ४९५ सिट थपेर २,६३५ पुर्‍याएको छ।

CNA
Bohora ma 1

बीडीएसको सिट ६२५ बनाइएको छ। सिट संख्या गर्ने निर्णय फिर्ता लिन माग गर्दै आएका डा केसीले सरकारले चासो नदिएपछि आजदेखि सत्याग्रह सुरु गर्न लागेका हुन्।

आयोगले १०० सिट संख्या तोकेको सबै निजी मेडिकललाई सिट बढाएर १३० पुर्‍याएको छ। सरकारीमा भने सिट बढेको छैन्। चिकित्सा शिक्षा सुधारको माग राखेर डा गोविन्द केसीले २०६९ देखि अनसन बस्न सुरु गरेका थिए।

डा केसीको एक्लो प्रयासका कारण नै सरकारले चिकित्सा शिक्षा आयोग गठन गरेर सिट र शुल्क निधारण गरेको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.