बोहरा मेडिको सेन्टर

अब अमरगढी, परशुराम र आलितालमा नयाँ हाकिम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) तोकिएका छन्।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन्।

CNA

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको हो।

त्यसअनुसार अमरगढी नगरपालिकामा उपसचिव नवराज ओझा खटाइएका छन्।

ओझा यसअघि सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

Bohora ma 1

यसअघि अमरगढीमा लक्ष्मीप्रसाद उपाध्याय प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।

यस्तै, परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याल तोकिएका छन्।

अर्याल लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

यसअघि परशुराममा कल्पना भट्ट प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्।

आलिताल गाउँपालिकामा भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत दीपेन्द्रराज अधिकारी खटाइएका छन्।

हालैका सरुवामा आलितालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाको स्थानमा अधिकारीलाई पठाइएको हो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.