विपिनकी आमा-बहिनीले भेटे इजरायली राष्ट्रपति

dream cafe
learnar

धनगढी : हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।

बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्।

GBL NEW

भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए।

भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्।

उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन्।

त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरिन्।

जवाफमा राष्ट्रपति हर्जोगले गत ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको स्मरण गर्दै विपिनलाई इजरायलले आफ्नै नागरिकझैँ अनुभव गरिरहेको बताए।

उनले बिपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.