बोहरा मेडिको सेन्टर

कारागारमा प्वालीको शंकास्पद मृत्यु : डडेल्धुरामा बजार र राजमार्ग बन्द

dream cafe
learnar

डडेल्धुरा : कैलाली जिल्ला कारागारमा कैदीबन्दीको शंकास्पद मृत्यु भएपछि डडेल्धुरामा आक्रोश चुलिएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिशसिंह प्वालीको मृत्यु भएपछि स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै सदरमुकामको बजार र राजमार्ग बन्द गरेका छन्।

CNA

उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताका अनुसार प्वालीको मृत्यु कारागारभित्रै प्रहरीले कुटपिट गरी हत्या गरेको आशङ्कामा बजार र यातायात अवरुद्ध गरिएको हो।

मृतकका दाइ जगदीश रावलले प्वालीलाई कारागारभित्रै यातना दिइएको दाबी गरेका छन्।

परिवार स्रोतका अनुसार प्वालीकाे शरीरभर निलडाम छन्।

Bohora ma 1

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार सोमबार प्वाली एक्कासि बिरामी भएपछि उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो।

डीएसपी सिंहका अनुसार हालसम्म जाहेरी नआएका कारण पोस्टमार्टम भएको छैन। त्यसपछि अनुसन्धान अगाडि बढ्छ।

प्वालीलाई कैलाली जिल्ला अदालतले २९ फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो।

सोही सजाय कार्यान्वयनका लागि अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो।

आफन्तका अनुसार पक्राउअघि प्वालीलाई कञ्चनपुरको महेन्द्रनगरमा पनि दुई घण्टा हिरासतमा राखिएको थियो। त्यही क्रममा प्रहरीले रकम असुली गरेको आरोप समेत उनीहरूले लगाएका छन्।

र, यो पनि :

कैलाली कारागारमा डडेल्धुराका प्वालीको रहस्यमय मृत्यु, असई हरिजितको संलग्नतामाथि शंका

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.