कैलाली कारागारमा डडेल्धुराका प्वालीको रहस्यमय मृत्यु, असई हरिजितको संलग्नतामाथि शंका

dream cafe
learnar

डडेल्धुरा : बैंकिङ्ग कसुरमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह प्वालीको मृत्यु शंकास्पद देखिएको छ।

प्वालीको गएराति कैलाली कारागारमा मृत्यु भएको हो।

Ird

मृतकका परिवारले मृत्यु प्रकरणमा गम्भीर आरोप लगाएका छन्। प्रहरीका अनुसार उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो।

सोही सजाय कार्यान्वयन गर्न प्वाली डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भयो।

मृतकका काका पदम सिंह प्वालीले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप लगाउँदै भने, ‘असार २ गते मात्र हामीले हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेका थियौँ, तर त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।’

HARDIK AGRo NEw

उनका अनुसार, यसअघि पनि हरिजितले महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर बार्गेनिङ गरेर छोडेका थिए।

पछिल्लोपटक प्वालीलाई निजी सवारी प्रयोग गरी डडेल्धुराबाट कैलाली ल्याइएको र नियोजित यातना दिइएको उनीहरूको आरोप छ।

उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शवमा कुटपिटको निलडाम रहेको भिडियोसमेत सार्वजनिक भएको छ।

आफन्तहरूले सत्यतथ्य नखुलेसम्म र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्।

तर, कैलाली कारागारका जेलर बसन्त खत्रीले भने, ‘राति साढे १० बजेतिर शौचालयमा लडेको खबर सुरक्षा गार्डले गरेका थिए।

त्यसपछि कारागारमा कार्यरत अहेबलाई पठाइएको थियो। घटना गम्भीर देखिएपछि सेती अस्पताल लगिएको थियो। राति १२:१५ मा निधन भयो।’

उनका अनुसार पाली १ गते मात्रै कारागार आएका थिए र कसैसँग दुस्मनी नरहेकोले कुटपिटको सम्भावना नरहेको दाबी गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.