

डडेल्धुरा : खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुरामा कार्यरत इन्जिनियर मनोजकुमार दास र लेखापाल राजेन्द्रबहादुर थापाबीच कार्यालयभित्रै हानाहान भएको छ।
शुक्रबार कार्यालयमै भएको विवादका क्रममा दुवैबीच हातपात भएको बताइएको छ।


घटनामा दुबै जना घाइते भएका छन् भने उनीहरूको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ।
जिल्ला प्रहरी डडेल्धुराका सूचना अधिकारी अर्जुन सेठीका अनुसार टीएडीएका बारेमा लेखापाल र ईन्जिनियरबीच विवाद भएको हो।
उनकाअनुसार उनीहरूको हातमा चोटपटक लागेकोले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुबैजनाले प्रहरीमा उजुरी दिने तयारी गरेको छन्।


