विद्यार्थीका प्यारा गगन सर, जब राई छोड्न थाले… [भिडियोसहित]

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–१० मा अवस्थित सहश्रलिङ्ग माध्यमिक विद्यालय, राईको आँगन आज अस्वाभाविक रूपमा मौन थियो।

त्यो मौनता केवल शब्दको अभाव थिएन, त्यो थिए, हजारौँ भावनाहरूको बोझ, जो हरेक विद्यार्थीको आँखाबाट आँसुसँगै पोखिंदै थियो।

Amargadhi Education

शिक्षक गगनसिंह भाट। एक नाम, जुन तीन दशकभन्दा बढी समयदेखि विद्यालयको आत्मा बनिसकेको थियो।

३४ वर्षसम्म अविचल सेवा, समर्पण र ममतालाई समेटेर उनले सयौँ विद्यार्थीहरूलाई ज्ञानको उज्यालो बाटो देखाइदिए। अब, स्थानान्तरणको निर्णयले त्यो उज्यालो केही पर सर्दै थियो।

अमरगढी नगरपालिकाले शिक्षक सरुवा गर्दा प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक उनलाई अमरगढी नगरपालिका-८ स्थित भूमिराज प्रावि बागचाैर पठायो।

बिहीबार उनलाई विद्यालयले सम्मानसहित बिदाइ गर्दै थियो। विद्यालयको प्राङ्गणमा विद्यार्थी, शिक्षक र अभिभावक भेला भएका थिए।

अजयमेरु फाैजी केरा

केहीको हातमा माला थियो, केहीको हातमा फूल। तर, सबैको आँखामा एउटै कुरा थियो, “सर, हामी तपाईंलाई बिर्सन सक्दैनौं।”

मञ्चमा उभिएका गगनसिंहलाई हरेक शब्द निकाल्न आत्मबल चाहिएको थियो। स्वर भरिएको थियो, आँखा रसाएका थिए, तर अनुहारमा पहिलेकै त्यो गम्भीर आत्मीयता थियो।

उनी भन्दै थिए, “विद्यार्थी भनेका समाजका गाैरब हुन्, आफ्नो भविष्य आफैं कोर्न सक्नुपर्छ। म शिक्षक त थिएँ, तर यहाँका विद्यार्थीहरूले मलाई पनि धेरै कुरा सिकाए। म जहाँ गए पनि मेलै विताएका क्षण सम्झिरहनेछु।”

उनले बोलिरहँदा विद्यार्थी भने डाँको छोडेर रोइरहेका थिए।

शिक्षक केशवराज पन्त भन्छन्, “केही विद्यार्थीहरू दाँत लागेपछि बेहोस भए। उनीहरूलाई पानी छर्केर होसमा ल्याउनु पर्‍यो। मुख समेत खोल्नुपर्‍यो। अवस्था यस्तो भयो कि घर पठाउनै गाह्रो भयो।”

हेर्नुस् भिडियो :

https://www.facebook.com/share/v/19WdoPg24k/

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.