
डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने दिन र समय फेरिएको छ ।
यसअघि आगामी मंगलबार राति पौने १० बजे काठमाडौं आइपुग्ने भनिएकोमा अब बिहीबार मध्यान्ह साढे १२ बजे थाई एयरवेजको उडानमा काठमाडौं आइपुग्ने कार्यक्रम बनाइएको छ ।

देउवा निकटस्थ कांग्रेस नेताहरुले उनको आगमन समय परिवर्तन भएको जानकारी दिएका छन् । डा. प्रकाशशरण महत र मीन विश्वकर्माले दिउँसोको समयमा देउवाको स्वागत गर्न सहज हुने भएकाले फ्लाइट चेञ्ज गरिएको बताए ।
गत भदौ २४ को जेनजी विध्वंशमा घाइते बनाइएका देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका हुन् ।
स्वदेश फर्किएपछि साउन २९ गतेदेखि काठमाडौंमा हुन लागेको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने बुझिएको छ ।

