बोहरा मेडिको सेन्टर

लिग-२ का शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने

dream cafe
learnar

काठमाडौं : आइसिसी लिग-२ पर्सी बिहीबारदेखि नेपालमा सुरु हुँदैछ। सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग-२ पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

CNA
GBL NEW

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ।

यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.