यस्तो बन्यो सुदूरपश्चिमस्तरीय क्रिकेट खेल्ने यू-१६ डडेल्धुराको टिम

dream cafe
learnar

डडेल्धुरा : नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार सञ्चालन हुने सुदूरपश्चिम प्रदेशस्तरीय यू-१६ पुरुष क्रिकेट प्रतियोगिताका लागि डडेल्धुरा जिल्ला क्रिकेट संघले आफ्नो प्रतिनिधि टिमको घोषणा गरेको छ।

वैशाख ३१ देखि जेठ ३ गतेसम्म बैतडीमा हुने प्रतियोगितामा सहभागी हुने डडेल्धुराको टिम मंगलबार सार्वजनिक गरिएको हो।

GBL NEW

संघले जारी गरेको विज्ञप्ति अनुसार सुवेशसिंह रावलले टिमको कप्तानी गर्नेछन् भने किरण बहादुर देउवाले उपकप्तानको भूमिका निर्वाह गर्नेछन्।

लोकेश चन्द विकेट किपरको जिम्मेवारीमा रहनेछन्। घोषित टोलीमा १४ जना खेलाडी र ४ जना वैकल्पिक खेलाडी गरी कुल १८ खेलाडी समावेश गरिएको छ।

मुख्य टिमका खेलाडीहरूमा सुवेशसिंह रावल, किरणबहादुर देउवा, लोकेश चन्द, मान साउद, विशाल कार्की, मनिस जोशी, यशकुमार कठायत, टेकराज थलाल, तपेन्द्र बोहरा, अमृत भट्ट, विरेन्द्रप्रसाद भट्ट, प्रिन्स भण्डारी, आयुष ऐर, र अमित पन्त छन्।

वैकल्पिक खेलाडीमा मुकेश दमाई, विवेक खड्का, हिमान्स थापा मगर र प्रवेश बिष्ट रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.