किङ्स–११ अमरगढीले जित्यो डीडीसीए कप यू–१६ क्रिकेटको उपाधि

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम क्रीकेट संघ र डडेल्धुरा क्रीकेट संघको संयुक्त आयोजनामा भएको डीडीसीए कप यू–१६ टी–२० छनोट क्रिकेट प्रतियोगिता २०८२ को उपाधि किङ्स–११ अमरगढी किल्लाले जित्न सफल भएको छ।

आज भएको फाइनल खेलमा किङ्स–११ अमरगढीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको विशाल योगफल खडा गरेको थियो।

Amargadhi Education

जवाफी ब्याटिङमा उत्रिएको जय बाबा घटाल राइडर्सको टोली १२.२ ओभरमै १११ रनमा अलआउट भएपछि किङ्स–११ अमरगढी किल्लाले प्रतियोगिता जित्यो।

किङ्स–११ अमरगढीका विशाल कार्कीले तीन खेलमा कुल १९० रन बनाउँदै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानको उपाधि हात पारे।

अजयमेरु फाैजी केरा

यस्तै, रोयल च्यालेन्जर्स परशुरामका आयुश ऐर सात विकेट लिएर उत्कृष्ट बलर घोषित भए।

आलिताल खोर्खाजका कप्तान मान साउद समग्र प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) बने।

बैशाख २५ देखि २९ गतेसम्म टुँडिखेल क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा डडेल्धुराका ६ टोलीहरूले सहभागिता जनाएका थिए।

विजेता टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको जिल्ला क्रिकेट संघ डडेल्धुराका अध्यक्ष हरी उप्रेतीले जानकारी दिए।

बैशाख २५ गतेदेखि सञ्चालन भएको उक्त छनोट प्रतियोगिताबाट छानिएका १८ उत्कृष्ट खेलाडीलाई क्लोज क्याम्पमा राखेर अन्तिम टोली छनोट गरी डडेल्धुराको यू-१६ क्रिकेट टोली घोषणा गरिने अध्यक्ष उप्रतीले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.