बहुप्रतिक्षित खेलमैदान बनाउँदै गन्यापधुरा, अध्यक्ष भन्छन् : जिल्लाकै नमूना बनाउने हो

dream cafe
learnar

डडेल्धुरा :  गन्यापधुरा गाउँपालिकाले पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ।

पालिकाले वडा नम्बर २ स्थित टाउर डाँडामा बहुप्रतिक्षित खेलमैदान निर्माण गरिरहेको हो।

GBL NEW

लामो समयदेखि खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधिहरू प्रभावित हुँदै आएका गन्यापधुरावासीका लागि यो निर्माणले ठूलो राहत दिने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीको  नेतृत्वमा अगाडि बढाइएको यो आयोजना खेलकुद क्षेत्रको विकाससँगै स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले सुरु गरिएको हो।

निर्माणाधीन खेलमैदानलाई मैदान मात्रै नभएर आधुनिक  सुविधासहितको हुने पालिका अध्यक्ष कार्कीले बताए।

उनले यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको बताए। प्याराफिटसहित क्रिकेट खेल्न योग्य मैदान बनाउने उनी बताउँछन्।

‘पालिकको आफ्नै स्रोत समपूरकमा राखेर  र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा यो बन्दैछ। दुई आर्थिक वर्ष अगाडिबाट यो सुरु भएको हो। प्रदेशबाट अझै बजेट आउनेमा हामी आशावादी छाैं,’ उनले भने।

खेल मैदानमा करिब एक करोडको हाराहारीमा खर्च हुने पालिकाको अनुमान छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.