डडेल्धुरामा विद्यार्थी घट्दै : कारण बसाइँसराइ, बेरोजगारी र घट्दो जन्मदर

dream cafe
learnar

डडेल्धुरा : एकातिर सरकारले “सबै बालबालिका विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारा घन्काइरहेको छ, अर्कातिर डडेल्धुराका विद्यालयमा विगतका तुलनामा खाली कक्षा कोठा र झल्झली सम्झनाहरू भरिँदै गएका छन्।

भर्ना छुटेका भन्दा पनि विद्यालय छाड्नेहरूको संख्या बढिरहेको छ।  कारण हो, बसाइँसराइ, बेरोजगारी र घट्दो जन्मदर।

GBL NEW

डडेल्धुरामा सामाजिक विकास कार्यालयको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहकार्यमा सम्पन्न विद्यार्थी भर्ना अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तै गुनासो पोखे।

डडेल्धुराको धेरैजसो गाउँहरूमा बेरोजगारी यथावत् छ। खेतीपाती निर्वाहमूलक मात्र छ।

यही कारणले गर्दा कामको खोजीमा परिवारै विदेशिने, र बालबालिका बीचमै पढाइ छोड्ने अवस्था उत्पन्न भएको कार्यक्रममा सहभागीको भनाइ थियो।

सिद्धनाथ आधारभुत विद्यालय चिरकिट्टेका प्रधानाध्यापक  वेदप्रकाश पनेरूले आफ्नो विद्यालयमा हाल ४० जना रहेको र आगामी ५ वर्षमा २१ जना रहने जिकिर गरे।

उनले भने, “अगामी पाँच वर्षमा विद्यार्थीको संख्या अझ घट्नेछ। किनभने बालसन्तानको संख्या घट्दो छ।”

शिक्षाको संकट यतिमै सीमित छैन।

बैजनाथ माध्यमिक विद्यालय माैरडाका प्रधानाध्यापक मोहनसिंह धामीले भने, “बसाइँसराइले गाउँमा मान्छे नै छैनन्। गाउँ नै खाली हुँदैछ। धेरैजसो विद्यार्थी सुरुमा भर्ना हुन्छन्। आर्थिक अभावका कारण अभिभावक रोजगारी खोज्न हिँड्छन्। फेरि बिचमा फर्किन्छन्।”

घटाल माध्यमिक विद्यालय नुवाकोटका प्रधानाध्यापक गणेशबहादुर साउद भन्छन्, “बोर्डिङ स्कुल पढाउने प्रवृत्तिले पनि विद्यार्थी घट्दो क्रम जारी छ।”

उनले विद्यालय सेवा क्षेत्र भित्रका विद्यार्थी भर्नाबाट बञ्चित नभएको बताए।

सामाजिक विकास कार्यालयका प्रमुख राधाकृष्ण जोशीले समुदायमा कुनैपनी विद्यार्थीहरू भर्नाबाट बञ्चित नहोस् भन्नका लागि विद्यालय, अभिभावक, स्थानीय तह र समुदायको साझा प्रयास आवश्यक हुने कुरा औंल्याए।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अभिभावक, सरोकारवाला निकाय र पत्रकारको उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.