डडेल्धुराबाट सुरु हुँदै माओवादीको मध्य–पहाडी लोकमार्ग जागरण अभियान

dream cafe
learnar

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) ले मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ।

माओवादीले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको जागरण अभियानको कार्यतालिका शुक्रबार सार्वजनिक गरेको हो।

GBL NEW

कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेलधुरामा २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ।

त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ।

६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको बताइएको छ।

माओवादी केन्द्रले यसअघि एक महिने लामो हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सञ्चालन गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.